माघ–९,२०७७
भरतपुर । सरकारी तथ्यांक अनुसार आज ४८० जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६३ हजार ३४८ रहेको छ । यो ९७।९ प्रतिशत हो।
पछिल्लो २४ घण्टामा थप ३०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज ३५४५ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ ।
आज चितवनमा ९ र काठमाडौं उपत्यकामा ११२ जना संक्रमित थपिए । देशमा थप ७ जनाले ज्यान गुमाउँदा कुल संख्या १९८६ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर ३ हजार ६४१ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या १५८ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा १५४ र भेन्टिलेटरमा ३१ जनाको उपचार भइरहेको छ ।
हाल काठमाण्डौमा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने भोजपुर ,कालीकोट ,रुकुम पश्चिम् र मुगु जिल्लामा कोरोना शुन्य रहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८