माघ–८ ,२०७७
भरतपुर । सरकारी तथ्यांक अनुसार आज २२६ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६२ हजार ८६८ रहेको छ । यो ९७.८ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा थप ३३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज ५ हजार ३० जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ६४६ पुगेको छ ।
आज चितवनमा ५ र काठमाडौं उपत्यकामा १९८ जना संक्रमित थपिए । देशमा थप ४ जनाले ज्यान गुमाउँदा कुल संख्या १९७९ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर ३ हजार ७९९ जना सक्रिय संक्रमित छन् । हाल देशका विभिन्न अस्पतालका आइसियुमा १५० र भेन्टिलेटरमा ३४ जनाको उपचार भइरहेको छ ।
हाल काठमाण्डौमा ५ सय भन्दा बढी संक्रमित रहेका छन् भने ताप्लेजुङ, रुकुम पश्चिम, मुगु र बाजुरा जिल्लामा संक्रमितको संख्या सुन्य रहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८