माघ ८, २०७७
चितवन । संसारमा कोरोना भाइरसको एकै दिनमा सबै भन्दा धेरै व्यक्तिको ज्यान गएको छ । र्वल्डो मिटरको तथ्याङ्क अनुसार जनवरी २० मा १७ हजार २९९ जनाको ज्यान गएको हो ।
अमेरिकामा मात्र ४ हजार ३७४ जनाको ज्यान गएको छ । बेलायतको अवस्था पनि यस्तै भयावह देखिएको छ । बेलायतमा १ हजार ८२० जनाको ज्यान गएको छ । मेक्सिकोमा १ हजार ५८४ र ब्राजिलमा १ हजार ३८२ जनाको ज्यान गएको छ ।
जर्मनीमा १ हजार ०५२,रुसमा ५९७,दक्षिण अफ्रिकामा ५६६ तथा इटालीमा ५२४ जनाको ज्यान गएको हो । संसारमा निधन हुनेको सङ्ख्या २० जनवरीसम्ममा २० लाख ८१ हजार ६६० पुगेको छ । जनसङ्ख्याको अनुपातमा बेल्जियममा सबैभन्दा धेरै प्रतिदश लाख १ हजार ७६९ जनाको ज्यान गएको छ ।
प्रति दश लाख इटालीमा १ हजार ३८५,चेक गणतन्त्रमा १ हजार ३८२, बेलायतमा १ हजार ३७०,अमेरिकामा १ हजार २५२, पेरुमा १ हजार १७९,स्पेनमा १ हजार १६८,मेक्सिकोमा १ हजार १०१,फ्रान्समा १ हजार ०९६,स्विडेनमा १ हजार ०६५ तथा अर्जेन्टिनामा १ हजार ०१७ जनाको ज्यान गएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८