मानव अधिकार आयोगको अध्यक्ष हुँ भन्दै ठगि गर्ने पक्राउ

  • माघ ०७, २०७७

माघ ७, २०७७
चितवन । आफूलाई राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ भनी ठगि गर्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा संखुवासभा पाँचखपन गाउँपालिका वडा नं. ५ खमारे स्थाई घर भई हाल काठमाण्डौ ७ मित्रपार्क, चावहिल बस्ने वर्ष ६० का तुलसी थापा रहेको प्रहरीले जनाएको छ ।

उनले आफू अमेरिकामा हुने कार्यक्रममा जाँदा ५ वर्षको मल्टिपल भिसा लगाई अमेरिका लैजान्छु भनी विश्वास दिलाई ठगि गर्दै आएको खुलेको छ ।

उनले आफू मानव अधिकार आयोगको अध्यक्ष भएको र आफूले सहजै अमेरिका पठाउन सक्ने भन्दै विभिन्न व्यक्तिहरुलाई प्रलोभनमा पारी १५ लाख रुपैया ठगि गरेका थिए ।

उनलाई मंगलवार काठमाडौँको दरबारमार्गबाट पक्राउ गरी ठगी सम्बन्धि कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाईएको छ ।

प्रहरीले नीजबाट अरुपनि उक्त व्यक्तिबाट अन्य कोही ठगिनुभएको छ भने कार्यालयमा सम्पर्क राख्नको लागि समेत अनुरोध गरेको छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८