• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

बुधवार ५०१२ नमुना परीक्षणमा ३१८ जना संक्रमित

  • खबरदाता

बुधवार ५०१२ नमुना परीक्षणमा ३१८ जना संक्रमित

माघ–७ ,२०७७
भरतपुर । सरकारी तथ्यांक अनुसार आज ३८३ जना संक्रमीत निको भएका छन् । हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६२ हजार ६४२ रहेको छ । यो ९७.९ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आज ५०१२ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ३१० पुगेको छ ।

आज चितवनमा १३ जना, काठमाडौं उपत्यकामा १४५ जना संक्रमित थपिए । देशमा थप ६ जनाले ज्यान गुमाउँदा कुल संख्या १९७५ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ३ हजार ६९३ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या १७२ छ । हाल देशका विभिन्न अस्पतालका आइसीयुमा १६५ र भेन्टिलेटरमा ३३ जनाको उपचार भइरहेको छ ।
हाल काठमाण्डौमा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने भोजपुर,कालीकोट,रुकुम पश्चिम र मुगुमा संक्रमितको संख्या शून्य रहेको छ ।

  • प्रकाशित मिति : माघ ७, २०७७, बुधवार ११:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८