• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

नेपाल भित्रियो नयाँ प्रजातिको कोरोना भाइरस

  • खबरदाता

नेपाल भित्रियो नयाँ प्रजातिको कोरोना भाइरस

माघ ५–२०७७
चितवन । नेपालमा पनि नयाँ प्रजातिको कोरोना भाइरस भित्रिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बेलायतबाट नेपाल आएका तीन जनामा उक्त नयाँ भेरियन्ट भएको पुष्टि भएको हो।

बेलायतबाट नेपाल आएका ६ जनाको स्वाव संकलन गरी नेपालमा पनि परीक्षण गरिएको तर नतिजा भने नेगेटिभ आएपछि पुन परीक्षणका लागि विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङको प्रयोगशाला पठाइएको थियो । जसमध्ये ३ जनामा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार उक्त भाइरस संक्रमण पुष्टि हुनेहरुमा २८ वर्षीय महिला, ३२ र ६७ वर्षीय पुरुष रहेका छन्। तर २८ वर्षीय महिला र ३२ वर्षीय पुरुषको भने रिपोर्ट नेगेटिभ आइसकेको र अर्का पुरुषलाई कुनै पनि लक्षण नदेखिएको गौतमले बताए ।

पौष २७ गते हङकङ पठाइएको स्वावको नतिजा सोमवार प्राप्त भएको बताउँदै खोप नआउँदा सम्म सचेत हुन आग्रह गरिएको छ ।

सकेसम्म भीडभाडमा नजान, जानै परे २ मिटरको दूरी कायम गर्न, बाहिर जाँदा अनिवार्य मास्को प्रयोग गर्न,साबुन पानीले पटक पटक हात धुन र स्यानिटाइजर प्रयोग गर्न सुझाइएको छ ।

  • प्रकाशित मिति : माघ ५, २०७७, सोमवार १०:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८