• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

चितवनमा परिक्षणको १६ प्रतिशतमा कोरोना, हालसम्म १०४ जनाको मृत्यु

  • खबरदाता

चितवनमा परिक्षणको १६ प्रतिशतमा कोरोना, हालसम्म १०४ जनाको मृत्यु

माघ ५, २०७७
चितवन । कोरोना संक्रमणका कारण चितवनमा १०४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा ६३ जना, खैरहनी नगरपालिकामा ९, माडी नगरपालिकामा १, रत्ननगर नगरपालिकामा १२, राप्ती नगरपालिकामा ५ जना, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा १ र१ जना गरी जिल्लामा कूल १०४ जनाको मृत्यु भएको हो ।

जिल्लामा हालसम्म ६६०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ हजार ३२१ जना निको भएका छन् । अझैपनि जिल्लामा १७५ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १५८ जना होम आइसोलेसनमा र १७ जना अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।

जिल्लामा कोरोना संक्रमण पुष्टि हुने नयाँ संख्यामा पनि कमी आएको छ । आइतबार जम्मा २ जनामा कोरोना भाइरस पुष्टि भएको कार्यालयले जानकारी दिएको छ ।
जिल्लामा हालसम्म ४० हजार ८८७ वटा स्वावको परीक्षण गरिएको छ ।

  • प्रकाशित मिति : माघ ५, २०७७, सोमवार ०१:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८