• वैशाख ८, २०८१, शनिवार Saturday, 20 April, 2024

६ जिल्ला कोरोना शून्य,आज २६६ थपिए

  • खबरदाता

६ जिल्ला कोरोना शून्य,आज २६६ थपिए

माघ–४,२०७७
भरतपुर । सरकारी तथ्यांक अनुसार आज ४०० जना संक्रमीत निको भएका छन् ।

हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६१ हजार ४४४ रहेको छ । यो ९७.८ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आज ३५०८ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ ।

आज चितवनमा २ जना, काठमाडौं उपत्यकामा १७७ जना संक्रमित थपिए । देशमा थप ५ जनाले ज्यान गुमाउँदा कुल संख्या १९५९ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ३ हजार ९१९ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या २२१ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा १५७ र भेन्टिलेटरमा ३९ जनाको उपचार भइरहेको छ ।

हाल काठमाण्डौमा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने सोलुखुम्बु, भोजपुर,नवलपरासी पश्चिम,कालीकोट ,रुकुम पश्चिम र मुगुमा संक्रमितको संख्या शून्य रहेको छ ।

  • प्रकाशित मिति : माघ ४, २०७७, आइतवार ११:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८