• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024

चितवनमा चरा गणना : ५ हराए, १ प्रजाति थपिए


चितवनमा चरा गणना : ५ हराए, १ प्रजाति  थपिए

माघ ४, २०७७
चितवन । चितवनमा यसपटकको चरा (जलपंक्षी) गणना सकिएको छ ।

बर्ड एजुकेशन सोसाइटी सौराहा चितवनद्धारा संचालन गरीएको उक्त चरा गणनामा यसवर्ष ५३ प्रजातीका चराहरु भेटिएका छन् अघिल्लो बर्ष ५७ प्रजाति फेला परेकोमा ५ प्रजाति यसपालि नदेखिएका हुन् ।
सोसाइटीका अध्यक्ष रमेश चौधरीका अनुसार वन सुउसुडीया, कलहाँस, हलीमुख, हिग्लिन गंगा चिल र प्रसान्त सर्षपी प्रजातीका चरा यस पटकको गणनामा कतैपनि फेला परेनन् ।

यता यो भन्दा अघिल्लो पटक नदेखिएको एक प्रजाति स्वेत माथा कलहाँस भने भेटिएको उनले जानकारी दिए । उक्त प्रजातिको चरा माडीको रिउ खोलामा भेटिएको हो । कसरा पुलदेखि करिव २ किलोमिटरको आसपासमा उक्त चरा भेटिएको चौधरीले बताए ।

यसपटकको गणनामा सवैभन्दा धेरै जलकौवा र चखेवा देखिएका थिए । लगभग १३ सयको हाराहारीमा जलकौवा र एक हजारको हारहारीमा चखेवा देखिएको जनाइएको छ । सवै भन्दा कम अर्थात् एउटामात्रै देखिएको प्रजाति भने स्वेतमाथा कलहाँस रहेको चौधरीको भनाई छ ।

बर्ड एजुकेशन सोसाइटी सौराहा चितवनले पौष २६ गते आइतबारदेखि चरा गणना शुरु गररी माघ १ गतेसम्म चलेको थियो ।
चितवनका विभिन्न सिमसार, ताल, तलाउ, खोला तथा विभिन्न स्थानका जलमा आश्रित चराहरुको गणना गरिएको हो । गणनामा सोसाइटीका स्वयम्सेवक, समितिका पदाधिकारी,पंक्षीविदहरुको सहयोग रहेको थियो । दुरविन, टेलिस्कोप, क्यामेरा,जीपीएस, जीप, डुँगा र चरा सम्बन्धी विभिन्न पुस्तकहरुको सहयोगमा चरा गणना सम्पन्न भएको हो ।

वासस्थान विनास, नदी दोहन, विषादीको प्रयोग, चोरी सिकारी, गुलेलीको प्रयोग,मानव वर्जिद गतिवधि र जलवायु परिवर्तनका कारणले पनि चराका प्रजातिहरु तथा चराको सख्यामा उल्लेख्य कमी आएको हो ।

एसीयन वाटरवर्ड सेन्सस २०२१ सँग मिलेर गणना गरिएको हो । विश्वमा १९६७ जनवरीदेखि जलपक्षीको गणना थालिएको थियो भने अहिले ५४ औँ गणना चलिरहेको छ । २७ वटा देशमा गणना चलिरहेको नेपालमा वि.स.२०५३ सालदेखि गणना गर्न सुरु गरिएको हो ।

गणना गरिएको सवै विवरण राखेर वर्ड अफ चितवन नामक पुस्तकनै प्रकाशन गरी पत्रकार सम्मेलन मार्फत पूर्ण जानकारी गराइने चौधरीको भनाई छ ।

  • प्रकाशित मिति : माघ ४, २०७७, आइतवार १०:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८