• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

फरार अभियुक्त पक्राउ गरी जेल चलान

  • खबरदाता

फरार अभियुक्त पक्राउ गरी जेल चलान

माघ २,२०७७

चितवन। चितवन राष्ट्रिय निकुञ्जले करिव ६ बर्षदेखि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी जेल चलान गरेको छ । निकुञ्जले भरतपुर २४ ध्रुवा भन्ने स्थानबाट २७ बर्षीय सन्तोष विकलाई पक्राउ गरेको हो ।

विकले निकुञ्जको कोर ईलाका सुखिभार क्षेत्रमा २०७० साल असारमा सालको काठ तस्करी कार्यमा प्रत्यक्ष संलग्न रहेका थिए । विस २०७० साल भदौ ४ गते निकुञ्जमा उनीवरुद्ध मुद्दा दायर भएको थियो ।

सो मुद्धाको विस २०७१ साल साउन २२ गते फैसला भई २ वर्ष कैद र ८ हजार जरिवाना सुनाईएको थियो । त्यसपश्चात देखि फरार रहदै आएका उनी यही पौष २२ गते पक्राउ परेका थिए ।

आवश्यक प्रक्रिया ९सनाखत र कोभिड परिक्षण  पूरा गरी पौष २९ गते काराघार कर्यालय भरतपुर चलान गरेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए।

  • प्रकाशित मिति : माघ २, २०७७, शुक्रवार ०३:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८