पौष २७ गते भरतपुरमा पृथ्वी जयन्ती मनाइने

  • खबरदाता
  • पुष २६, २०७७

 

पौष २६ ,२०७७
चितवन । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २ सय ९९ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन भोलि सोमबार भरतपुरमा शान्तीपूर्ण प्रर्दशन सहित विशेष सभा हुने भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनका प्रवक्ता राजु भण्डारीले सोमबार विहान साढे ११ बजे केन्द्रीय बस ट्रमिनल ९पारस बसपार्क० देखि चौविसकोठी–मालपोतहुदै शान्तीपूर्ण र्‍याली निकालिने बताए । र्‍याली पुन पारस बसपार्कमा पुगेर जन्मजयन्ती सभामा परिणत हुने उनले बताए ।

कार्यक्रममा राप्रपाका बरिष्ठ नेता तथा पूर्व मन्त्री विक्रम पाण्डेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसैबीच राप्रपा चितवनले एक प्रेस विज्ञप्ति जारी गर्दै पृथ्वी जयन्ती तथा एकता दिवस पौष २७ गतेको कार्यक्रममा विभिन्न सामाजिक तथा धार्मिक संघसंस्थाको एेक्यवद्धता रहेको जनाएको छ ।

राप्रपा चितवनका सचिव केशवराज भण्डारीद्वारा जारी विज्ञप्तिमा पृथ्वी जयन्तीको कार्यक्रममा सहभागी हुन जिल्लाबासीमा अपील समेत गरिएको छ ।

  • खबरदाता
  • प्रकाशित मिति:पुष २६, २०७७

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८