• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

बैशाखमा हुने निर्वाचनका लागि मतदाता नामावली संकलन नगरिने

  • खबरदाता

बैशाखमा हुने निर्वाचनका लागि मतदाता नामावली संकलन नगरिने

पौष १४,२०७७
काठमाडौ

ताजा जनमत लिने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर आगामी बैशाखका लागि तय गरिएको मध्यावधि निर्वाचनका लागि मतदाता नामावली संकलन नगरिने भएको छ ।

निर्वाचनमा मतदान गर्न उमेर पुगेका योग्य मतदाता नछुटाइ जनप्रतिनिधि चुन्नु निर्वाचन आयोगको कर्तव्य भएपनि अहिले मतदाता नामावली संकलन नगर्ने तयारी आयोगले गरेको छ ।

निर्वाचन आयोगको यो निर्णयले वैशाखमा निर्वाचन भएमा पहिलोपटक निर्वाचनमा मतदान गर्ने योग्यता पुगेका र अघिल्लो निर्वाचनमा नामावली नभएका लाखौं मतदाता फेरि पनि मतदान गर्नबाट बञ्चित हुनेछन् ।

निर्वाचनको मिति घोषणा भइसकेकाले मतदाता नामावली संकलन गर्न प्राविधिक समस्या रहेको आयोगको भनाइ छ। निर्वाचन मिति घोषणापछि मतदाता नामावली संकलन गर्न नमिल्ने प्रावधानले गर्दा नयाँ नामावली संकलन नगरिने आयोगले जनाएको हो।

विशेष परिस्थितिमा चुनाव हुन लागे पनि निर्वाचनको संघारमा मतदाता नामावली संकलन गर्दा निष्पक्षतामाथि प्रश्न उठ्ने खतरा भएकाले संकलन गर्न नसकिने तर्क आयोगका पदाधिकारीहरु गर्छन ।

  • प्रकाशित मिति : पुस १४, २०७७, मंगलवार ०६:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८