पौष ९,२०७७
नेपाल कम्युनिस्ट पार्टी ओली समूहले प्रदेश इन्चार्जबाट प्रचण्ड-माधव नेपाल समूहका नेताहरूलाई हटाएको छ ।
बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले ओलीईतर पक्षका चार जनालाई प्रदेश इन्चार्जबाट मुक्त गरेको हो । बैठकले प्रदेश १ का इन्चार्ज भीम आचार्यलाई हटाउँदै सुवास नेम्वाङलाई नयाँ इन्चार्ज तोकेको छ ।
यस्तै बाग्मती प्रदेशकी अष्टलक्ष्मी शाक्यलाई कारबाही गर्दै ईश्वर पोखरेललाई इन्चार्ज तोकिएको छ । यता, कर्णाली प्रदेशमा जनार्दन शर्मालाई कारबाही गर्दै मणि थापालाई इन्चार्ज तोकिएको छ। यसै गरी, सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावल पनि कारबाहीमा परेका छन् । उनको ठाउँमा लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ ।
प्रदेश २ मा ओली पक्षकै सत्यनारायण मण्डलले निरन्तरता पाएका छन् भने लुम्बिनी प्रदेशमा मुख्यमन्त्री रहेका शङ्कर पोखरेल र गण्डकीमा पनि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाइनै निरन्तरता दिइएको छ ।
यसैबिच, ओली समूहको केन्द्रीय कमिटी बैठकले प्रचण्डमाथि पनि कारबाही गरेको छ । प्रचण्डलाई कारबाही स्वरूप कार्यकारी अध्यक्षबाट हटाउने प्रस्ताव केन्द्रीय कमिटीले अनुमोदन गरेको छ ।
प्रदेश इन्चार्जको जिम्मेवारी पाउने लेखराज भट्ट र मणि थापा पूर्व माओवादी हुन् । माओवादी खुला राजनीतिमा आए पछि असन्तुष्टि रहदै विदोह गरेका थापा पछि फेरी माओवादीमा फर्कीएका थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८