• असोज १, २०८१, मंगलवार Tuesday, 17 September, 2024

सरकार गठन गर्ने विकल्प हुँदाहुदै संसद् विघटन : सभामुख सापकोटा

  • खबरदाता

सरकार गठन गर्ने विकल्प हुँदाहुदै संसद् विघटन : सभामुख सापकोटा

पुष ९,२०७७

सभामुख अग्निप्रसाद सापकोटाले सरकार गठन गर्ने विकल्प रहँदासम्म संसद् विघटन हुन नसक्ने बताएका छन । सभामुख सापकोटाले बुधबार विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ अनुसार प्रतिनिधिसभामा सरकार गठन गर्ने स्पष्ट व्यवस्था गरिएको उल्लेख गरेका छन । संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा उक्त व्यवस्था भएको उनको भनाइ थियो ।

“विगतका विसङ्गतिपूर्ण अभ्यासलाई सच्याउँदै स्थिरता र यसमार्फत समृद्धिको जनचाहनालाई सम्बोधन गर्न प्रतिनिधिसभाको पूर्ण कार्यकालको परिकल्पना गरिएको तथ्य यहाँ स्मरणीय छ”, सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेपालको संविधानको धारा ९३ ।९१० बमोजिम यही २०७७ पौष १७ गतेभित्र सङ्घीय संसद्को सातौँ अधिवेशन शुरु गर्ने भनेर गृहकार्य भइरहेको अबस्थामा अप्रत्यासितरुपमा प्रतिनिधिसभामाथि अवरोध सिर्जना गरिएकामा सिङ्गो प्रतिनिधिसभा र आफूलाई समेत मर्माहत बनाएको उनले उल्लेख गरेका छन। सभामुख सापकोटाले संविधानको रक्षाका लागि राजनीतिक दलबीच फेरि एकपटक उच्चस्तरीय समझदारीको आवश्यकता देखिएको बताएका छन। फुटको अभ्यासले शक्ति कहिले पनि बलियो नहुने समेत उनको भनाइ छ ।

“संवैधानिक सर्वोच्चताका लागि माननीय सदस्य, राजनीतिक दल, नागरिक समाज, कानून व्यवसायी, बुद्धिजीवी, सञ्चारजगत् तथा सम्बद्ध सबैपक्ष संवेदनशील र गम्भीर बन्नुपर्ने बेला आएको छ”, विज्ञप्तिमा उल्लेख छ ।

  • प्रकाशित मिति : पुस ९, २०७७, बिहीवार ०१:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८