शुक्रवार यसले अनुमति पाए लगत्तै लाखौँ भ्याक्सिनका डोज वितरण केन्द्र तर्फ लगिएका छन् ।
मंसिर–२७, २०७७
नियामक संस्था खाद्य तथा औषधी प्रशासन(एफडीए)ले फाइजर एनबायोटेकको भ्याक्सिनलाई आपत्कालीन अनुमति प्रदान गरेको छ । शुक्रवार यसले अनुमति पाए लगत्तै लाखौँ भ्याक्सिनका डोज वितरण केन्द्र तर्फ लगिएका छन् ।
अमेरिका भन्दा अघि नै बेलायत, बहराइन संयुक्त अरब इमिरेट्स,क्यानडा र मेक्सिकोले यो भ्याक्सिनलाई अनुमति दिइसकेका छन् । पहिलो सातामा ३० लाख स्वास्थ्यकर्मीलाई यो भ्याक्सिन वितरणको तयारी भएको हो । फाइजरले मार्च महिनासम्ममा अमेरिकी सरकारलाई १० करोड डोज भ्याक्सिन प्रदान गर्ने सम्झौता भइसकेको छ । ११ महिना अघि निर्माण सुरु भएको यो भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी पाइएको छ । यो भ्याक्सिनलाई अर्को साता युरोपेली युनियनले पनि मान्यता दिने अनुमान गरिएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८