• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

विवेकशील र साझाको एकीकरण पछी अन्य व्यक्ति तथा समुहसँग पनि वार्ता जारी

  • खबरदाता

विवेकशील र साझाको एकीकरण पछी अन्य व्यक्ति तथा समुहसँग पनि वार्ता जारी

मंसिर २५,२०७७

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको दिन बुधवार विवेकशील नेपाल दल र साझा पार्टी बिच एकीकरण भएको छ । एकताको सहमतिमा विवेकशीलका तर्फबाट मिलन पाण्डे र साझा पार्टीका तर्फबाट रवीन्द्र मिश्रले हस्ताक्षर गरे ।
एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी रहेको छ भने चुनाव चिन्ह तराजु रहने छ ।
एकीकृत पार्टीको अध्यक्षमा रवीन्द्र मिश्र तथा संयोजकमा मिलन पाण्डे रहेका छन् । बुधवार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै मिश्र र पाण्डेले यो पार्टीलाई निर्विकल्प पार्टी बनाउने दाबी गरे ।

सहमति अनुसार दुई दल बिच ६५ का दरले १३० सदस्सीय केन्द्रीय समिति गठन भएको छ । यसै गरी दुवै तर्फबाट २६ जना रहने सचिवालय गठन भएको छ । श्रोतका अनुसार बुधवार नै पूर्ववत् दुवै दलले १३ जनाको सचिवालय सदस्यको नामावली केन्द्रीय समितिबाट अनुमोदन हुने गरी बुझाएका छन् ।

को को छन सचिबालयमा ?
सचिवालयमा साझाका तर्फबाट रवीन्द्र मिश्र, शोभा शाक्य, प्रकाशचन्द्र परियार, अनुपमान सैजु, गोपी हमाल, केशव दाहाल, अब्दुस मियाँ, समीक्षा बास्कोटा, निरुपमा यादव, महेश भण्डारी, राजेन्द्र पङ्गेनी, अनिल भेटवाल र गेहेन्द्र दाहाल छन् ।

यसै गरी विवेकशीलका तर्फबाट मिलन पाण्डे, निर्देश सिलवाल, सञ्जीव भट्टराई, सुमित्रा गुरुङ, रन्जु दर्शना, रमेश पौडेल, पुकार बम, डा। अनुशा थापा, आशुतोष तिवारी, हिरामणि पौडेल, रजिया बानु, प्रतिभा डङ्गोल र अमिनेशकुमार मिश्र छन् ।

विवेकशील साझा निकट श्रोतका अनुसार अन्य भिन्न राजनीतिक शक्ति,अभियान समूह र व्यक्तिसँग पार्टी प्रवेश र एकताका लागि वार्ता भइरहेको छ । यी दलमा नेपाली काँग्रेस ( बिपी ) सहित रहेका छन् ।

  • प्रकाशित मिति : मंसिर २५, २०७७, बिहीवार ०६:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८