थप १ करोडको लागतमा ४ सय हेक्टर क्षेत्रफलमा घाँसे मैदानको व्यवस्थापन गरिने भएको छ । भइरहेको घाँसे मैदानमा बुढा भएका खर र ढड्डी हटाउने र नयाँ पालुवा पलाउने गरी व्यवस्थापन गरिने भएको छ ।
मंसिर २३,२०७७
भरतपुर । चितवन राष्ट्रिय निकुञ्जले साढे ३ करोडको लागतमा घाँसे मैदान बनाउने भएको छ ।
जंगलभित्र घाँसे मैदानको अभाव भएपछि बन्यजन्तुहरु बस्ती क्षेत्रमा प्रवेश गर्ने जोखिमका कारण घाँसे मैदान थप्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।
साढे ३ करोडको बजेट बिनियोजन गरि ७ सय हेक्टरमा नयाँ घाँसे मैदान निर्माण गर्ने तय भएपनि क्षेत्रफल बढाएर ९ सय हेक्टर पुर्याइएको छ । त्यसका लागि आज टेण्डर हाल्ने अन्तिम दिन भएको र भोलि सम्झौता गर्ने बरालले बताए ।
त्यस्तै थप १ करोडको लागतमा ४ सय हेक्टर क्षेत्रफलमा घाँसे मैदानको व्यवस्थापन गरिने भएको छ । भइरहेको घाँसे मैदानमा बुढा भएका खर र ढड्डी हटाउने र नयाँ पालुवा पलाउने गरी व्यवस्थापन गरिने भएको छ ।
निकुञ्जले सन् २००० तिरनै घाँसे मैदान भएका क्षेत्रहरु छनौट गरेको थियो । सिमल, भेलर, जामुन, क्यामुन आदिले जंगल बनाएका क्षेत्र छनौट गरी बन्यजन्तुले खाने खर, ढड्डी हुर्कने गरी नयाँ घाँसे मैदान बनाउने योजना निकुञ्जको छ।
चालु आर्थिक बर्षमा १६ वटा पोखरी निर्माण हुने भएको छ । प्रति पोखरी २ लाखको लागतमा निर्माण गरिने भएको हो भने ३५ वटा पोखरी मर्मतका लागि १ लाखका दरले बजेट परेको र काम सुरु भइसकेको निकुञ्जले जनाएको छ । चालु आर्थिक वर्षमा मरेका १७ गैँडा मध्य ४ वटा चोरी तस्करहरुले मारेको तर अहिले सम्म कोही नसमातिएको पनि निकुञ्जले जानकारी गराएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८