मंसिर १९,२०७७
भरतपुर । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।८०३१ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ।
आज चितवनमा २७ र काठमाडौं उपत्यकामा ६०६ जना संक्रमित थपिए।
सरकारी तथ्यांक अनुसार शुक्रबार १ हजार ५ सय ७५ जनाले कोरोना जितेका छन। हालसम्म कोरोना जित्नेको संख्या २ लाख २१ हजार ८ सय ४७ पुगेको छ। यो ९३ प्रतिसत हुन आउँछ।
आज थप १६ जनाले ज्यान गुमाउँदा कुल संख्या १५६७ पुगेको छ।
मन्त्रालयका अनुसार हाल देशभर १५ हजार ४ सय ४७ जना सक्रमित संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ५३७ छ। हाल देशका विभिन्न अस्पतालका आइसियुमा ३२८ र भेन्टिलेटरमा ५४ जनाको उपचार भइरहेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८