• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

गैँडा मार्ने शार्पसुटर १३ वर्षपछि पक्राउ

  • खबरदाता

गैँडा मार्ने शार्पसुटर १३ वर्षपछि पक्राउ
  1. मंसिर १९ ,२०७७

    भरतपुर । चितवन राष्ट्रिय निकुञ्जले दुर्लभ एक सिंगे गैंडा मार्ने सुआर्पटरलाई फैसलाको १३ बर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं। २६, दिव्यनगर ठेगाना भई हाल राप्ती नगरपालिकाको खुरखुरे बस्ने ३६ वर्षका सूर्य भन्ने सुरज चौधरी रहेको निकुञ्जका सुचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिएका छन ।

२०६२ साल असारको पहिलो हप्ता चौधरी सहित ४ जनाको समुहले गैँडा मारेको थियो । निकुञ्जको शिशुवाघाट पारी भालुटापुमा गैंडालाई गोली हानी खाग बिक्री गरेको अभियोगमा उनी दोषी ठहर भएको भएका थिए।

उनी सहित ४ जना विरुद्ध २०६२ असोज १२ गते निकुञ्जमा मुद्दा दर्ता भई २०६४ पुष २० गते फैसला भएको थियो । फैसलामा सवैलाई १५ बर्ष जेल सजायँ तोकिएपनि पुनरावेदनपछि ३ जनालाई १० बर्ष र फरार चौधरी विरुद्ध १५वर्षको जेल तथा चौधरीलाई १ लाख जरिवाना समेत तोकिएको थियो ।

पक्राउ परेका मध्ये ३ जनाले धेरै पटकको प्रयासमा समेत गैँडा मार्न नसकेपछि चौधरीलाई पनि समावेश गराई उनैले गोली हानेर गैँडा मारेको बयान दिएका थिए । उनी नेपाली सेनाका भगौडा सैनिक समेत रहेको खुलेको थियो ।

फरार पछि पनि ३ पटक सम्म विदेश जाने आउने गरेका उनी पछिल्लो पटक कतारबाट फर्किएका थिए । उनलाई बिहिवार पक्राउ गरिएको निकुञ्जले जानकारी दिएको छ ।

  • प्रकाशित मिति : मंसिर १९, २०७७, शुक्रवार ०५:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८