• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

आउँदो साताबाट बेलायतमा फाइजरको भ्याक्सिन वितरण सुरु गरिने


आउँदो साताबाट बेलायतमा फाइजरको भ्याक्सिन वितरण सुरु गरिने

मंसिर–१८, २०७७

बेलायतले फाइजर एनबोयोटेकले निर्माण गरेको कोरोना भ्याक्सिनलाई अनुमति प्रदान गरेको छ । ९५ प्रतिशत उपयोगी पाइएको यो भ्याक्सिनको वितरण अर्को साता देखि सुरु हुनेछ । सुरुवातमा अति आवश्यक सेवामा संलग्न, बढी उमेर भएका तथा दीर्घ रोगीलाई यो भ्याक्सिन प्रदान गरिने छ । बेलायतले २ करोड जनाको लागि कुल ४ करोड डोज भ्याक्सिन अर्डर गरिसकेको छ । १ करोड डोज भने तत्काल उपलब्ध हुने छ । केही दिनमै ८ लाख डोज भ्याक्सिन बेलायत पुग्नेछ ।

संसारमा भ्याक्सिन इतिहासमै यो सबैभन्दा छोटो समयमा उपलब्ध भएको भ्याक्सिन मानिन्छ । एक वर्षको अवधिमा यो भ्याक्सिन बजारमा आउने भएको हो । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले जनजीवनलाई फेरी सामान्य बनाउन यो महत्त्वपूर्ण कदम हुने विश्वास व्यक्त गरेका छन् ।
भ्याक्सिन वितरणका लागि ५० अस्पताल तयार अवस्थामा राखिएका छन् । विज्ञहरूले भ्याक्सिन वितरण गरिए पनि कोरोना भाइरसको फैलावटलाई नियन्त्रण गर्न सुरक्षा मापदण्ड यथावतै अपनाउनु पर्ने बताएका छन् ।

यसै गरी अक्सफोर्ड विश्वविद्यालयको भ्याक्सिन भारतमा कोभिसिल्ड नामले तयार गरिरहेको सिरम इन्स्टिच्युटले अर्को साता भ्याक्सिन अनुमतिका लागि आवेदन दिने बताएको छ । फाइजर कम्पनीले अमेरिकामा पनि आवेदन दिइसकेको छ । यसै गरी युरोपेली युनियनले पनि चाँडो भ्याक्सिन वितरण कार्य सुरु गर्ने जनाएको छ । इटालीले जनवरीमा भ्याक्सिन वितरण सुरु गर्ने जनाएको छ ।

अहिले आपत्कालीन अनुमति चीनका ४ तथा रुसका दुई भ्याक्सिनले पाएका छन् । नियमित अनुमति भने यो पहिलो हो । अहिले अन्तिम चरणको परीक्षणको फाइजर र मोर्डना इन्कको अन्तिम चरणको नतिजा आइसकेको छ । दुवै ९५ प्रतिशत प्रभावकारी पाइएका छन् यसै गरी, अक्सफोर्ड र स्पुतनिक भिको अन्तिम चरणको पहिलो डाटा आइसकेको छ । स्पुतनिक ९२ प्रतिशत तथा अक्सफोर्ड ९४ प्रतिशत प्रभावकारी पाइए पछि यी सबै भ्याक्सिन तुरुन्त बजारमा आउने अपेक्षा गरिएको छ ।

संयुक्त अरब इमिरेट्समा चिनिया भ्याक्सिनले आपत्कालीन अनुमति पाइसकेको छ भने चिनिया कम्पनी सिनो फार्मले आफ्नो उत्पादन बजारमा ल्याउनका लागि आवेदन दिइसकेको छ ।

  • प्रकाशित मिति : मंसिर १८, २०७७, बिहीवार ०२:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८