मंसिर ११,२०७७
भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका ४ स्थित पृथ्वीराजमार्गको नाग्दी खोलाबाट पिकअप भ्यान त्रिशुली नदीमा खसेको छ ।
आज विहान साँढे ५ बजेतिर प्युठानबाट बिरामी लिएर काठमाण्डौ तर्फ गई रहेको लु १ च ९७३१ नम्बरको पिकअप भ्यान सडकबाट करिव ५०÷६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चालक सहित ४ जना सवार रहेकोमा ३ जना नदीमा बेपत्ता भएका छन् । वेपत्ता हुनेहरुमा चालक प्युठान जिल्ला झिम्रुक गाउँपालिका १ बस्ने बर्ष २३ को सुर्य के.सी, जमुना रोक्का र बिरामी १५ वर्षिय जिनिसा रोक्का रहेको र पिकअप भ्यान नदीमा नदेखिने अबस्थामा रहेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली द्वारा खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ । पौडी खेलेर वाहिर निस्कीएका मुकुन्द बहादुर रोक्काको भने मध्यम अवस्थामा पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८