मंसिर ८,२०७७
चितवन । भरतपुर अस्पताललाई भेन्टिलेटरसहित २० लाख भन्दा बढीको स्वास्थ्य सुरक्षा सामग्री प्राप्त भएको छ ।
अस्पतालका अनुसार कोका–कोला फाउण्डेसन नेपाल र नेपाल रेडक्रस सोसाइटी ९नेरेसो० ले भरतपुर अस्पताललाई उक्त सामाग्री हस्तान्तरण गरेको हो । नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उप कोषाध्यक्ष होम पाठक र चितवन रेडक्रस शाखाका सभापति ज्ञानशाली न्यौपानेले भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा। भोजराज अधिकारीलाई सोमबार दिउँसो ती सामाग्री हस्तान्तरण गरेका हुन।
हस्तान्तरण गरिएका सामग्रीमा १६ लाख ३२ हजार आठसय पचास रूपैयाँ मुल्यको आइसीयूमा प्रयोग हुने एक थान भेन्टिलेटरका साथै ६ हजार वटा सर्जिकल मास्क, २ हजार ५ सय जोडी सर्जिकल पन्जा, एकसय थान सुरक्षा पोशाक, केएन ९५ मास्क दुई सय थान र ५० थान सुरक्षा चस्मा रहेका छन् ।
ती सबै सामग्रीहरुको मूल्य २० लाख ३ हजार ६ सय ५७ रहेको नेपाल रेडक्रसका केन्द्रीय उपकोषाध्यक्ष पाठकले जानकारी दिए । सहयोग प्रति आभार व्यक्त गर्दै अस्पतालका अध्यक्ष डा।भोजराज अधिकारीले कोरोना महामारी विरुद्धको लडाईंको अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, विरामी र स्वयंसेवकहरुको लागि यो सामाग्रीले ठूलो सहयोग मिल्ने बताए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८