• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

आज २३२३ संक्रमित निको भए, आइसियुमा ३३६ जनाको उपचार हुदै

  • खबरदाता

आज २३२३ संक्रमित निको भए, आइसियुमा ३३६ जनाको उपचार हुदै

 

मंसिर ६,२०७७

भरतपुर । शनिबार ८ हजार १४४ नमुनाको परिक्षण गर्दा १ हजार ६७४ जना कोरोना संक्रमित थपिएका छन् ।

आज १ हजार ६७४ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या २४ हजार ९ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या १७ हजार २०६ रहेको छ भने संस्थागत आइसोलेसनमा ६ हजार ८०३ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

आज चितवनमा ४० र काठमाण्डौं उपत्यकामा ८९९ जना संक्रमित थपिए। हाल देशभरमा ३३६ आईसियुमा छन् भने ४७ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा २३२३ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या १ लाख ९३ हजार ३२५ पुगेको छ । यो ८८।४ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा देशभरमा ७ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या १३०५ पुग्यो ।

  • प्रकाशित मिति : मंसिर ६, २०७७, शनिवार १०:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८