ग्राहक वनेर गएपछी चितवन प्रहरीलाई ठूलो सफलता
कार्तिक २३,२०७७
भरतपुर । मोटरसाइकल चोरी हुने समस्या एक पछि अर्को बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले यसको जरा उखेल्न अपराध अनुसन्धान शाखालाई निर्देशन दिए ।
बजार तीव्र वृद्धि सँगै विकसीत र भीडभाड हुँदै गएको चितवनमा मोटरसाइकल चोरीको घटना बढेपछि अहिले यसमा सफलता प्राप्त भएको छ । अझै धेरै अनुसन्धान बाँकी रहेको एसपी गुरुङले आइतबारको पत्रकार सम्मेलनमा बताएका छन ।
घटनाक्रम
मोटरसाइकल चोरी भएको निवदेन परेपछी अपराध अनुसन्धान शाखाले आफ्नो काम सुरु गर्यो । सुरुमा भरतपुरबाट एनएस पल्सर बाइक भेटियो। बाइक चोरी गर्ने केही व्यक्ति पनि पक्राउ परे । तिनै व्यक्तिले खुलाए मोटरसाइकल चोरी हुने तरिका र यसको विक्रि गर्ने उपाया ।
अनि प्रहरीले आफ्नो अनुसन्धानलाई सुस्म तरिकाले अघि बढायो । प्रहरी निरीक्षक सुवास भट्टका अनुसार पक्राउ परेका व्यक्तिसँगै मिलेर गिरोहलाई आफूसँग पनि सोही अनुसारको मोटरसाइकल रहेको बताएपछि उनीहरु सम्पर्कमा आए । कतिपय ठाउँमा प्रहरी नै ग्राहक वनेर जाने र आफुसग पनि तेस्तै बाइक बेच्नुपर्नेछ भन्दै गएपछी घटना वाहिर आएको थियो ।
जसको सफलताले ७ जना मोटरसाइकल चोर र चोरको मोटरसाइकल किन्ने व्यक्ति समेत पक्राउ परेका छन् । बजारको भाटभटेनी सुपर स्टोर अगाडी, कटहर चोक, नहरचोक पावर हाउस चोक, बिक्रममार्ग लगायतका ठाउँबाट चोरका गिरोहले मोटरसाइकल चोर्ने गरेको खुल्यो । तीन तहको गिरोह मिलेर मोटरसाइकल चोरी गर्दछन् ।
भट्टले भने , सुरुमा जहाँ भीड छ त्यहाँ राखेको मोटरसाइकल रेकी गर्ने । मोटरसाइकल राखेका ठाउँमा रेकी गरेपछि त्यसलाई पछ्याउने । मान्छेले पार्किङ गरेर गएपछि एउटा किला जसले मोटरसाइकलको लक सजिलै तोडिन्छ त्यसको प्रयोग गरी मोटरसाइकल स्टार्ट गरेर लिएर जाने । पहिलो पटक लैजाँदा धेरै लामो बाटो नलगि कतै झाडीमा राख्ने र अर्को टोली आएर चोरेको मोटरसाइकलको वास्तविक नम्वरमाथि उनीहरु आफैले तयार पारेको नम्वरको स्टिकर टाँस्ने । दोस्रो समुहले यो काम गरेपछि तेस्रो समुहलाई उक्त मोटरसाइकल दिने र तेस्रो समुहले मिलेसम्म मोटरसाइकल नै नत्र पाटपुर्जा पुरै खोलेर विक्रि गरी पैसा कमाउने गरेको पत्ता लागेको छ ।
प्राय बारा जिल्लाबाट आउने र पुन चोरी गरी बारमा लैजाने गरेको पाइएको छ । प्राय एनएस र २२० पल्सल वढि तार्गेटमा राख्ने गरेको पाइएको छ । सकेसम्म पाटपुर्जा विक्रि गर्ने, नभए लाखौँको मोटरसाइकल केही हजारमा विक्रि गरी नाफा खाने उनीहरुको उद्देश्य हुने गरेको पत्ता लागेको छ । चितवन, बारा नवलपरासी काठमाण्डौमा यस्तो घटना घटाउने गरिएको छ ।
बीलबुक पनि आफै बनाउने
मोटरसाइकल चोरेर चलाएको पत्ता लगाउँछ की ट्राफिकले भनेर बीलवुक पनि उनीहरु आफै बनाउने गरेको खुलेको छ । यातायात व्यवस्था विभगाले दिने जारी गर्ने जस्तै हुवहु वीलवुक बनाउने र आफै इन्जिन र चेसिस नम्वर लेख्ने गरेको पाइएको छ । जसलाई चेकगर्दा ट्राफिक प्रहरीलाई पनि यकिन हर्न गर्हो हुने गरेको पाइयो। एसपी गुरुङले भने,“छिट्टै वीलवुक पनि मेशिन रिडेवल गर्न जरुरी छ । अन्यथा चोरले अझै धेरै चोरी गर्नेछ । ”
अर्को समस्या मोटरसाइकल हराइहाल्यो भने तत्काल उजुरी नगर्ने रहेको प्रहरी निरीक्षक भट्टले बताए । अहिले बरामद केही थान मोटरसाइकल बाहेक अरु वेवारिसे छन् । नम्वर प्लेट हेरी यातायात कार्यालयबाट कसको नाउँमा दर्ता छ भनी पत्ता लगाएर फोन गरी तपाईको मोटरसाइकल चोरी भएको रहेछ अहिले प्रहरीले भेट्टाएको छ लिन आउनुहोस् भन्दा समेत मानिसहरुले चासो नदिने गरेको बताए । यदि हराउनसाथ निवेदन दिए वा १०० मा फोन गरे चाँडै भेटाउने सम्भावना हुन्छ ।
पक्राउ परेकाहरु
मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ गर्न चितवन प्रहरी सफल भएको छ । सामान्य तय एक दुई जना पक्राउ गर्ने प्रहरीले यस पटक ७ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
भरतपुर महानगरपालिका स्थित लगायत जिल्लाका विभिन्न स्थानहरुबाट मोटरसाईकलहरू चोरी भएका घटनाहरुको अनुसन्धानको क्रममा ती व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक एसपी नान्तीराज गुरुङले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा बारा करैयामाई गाउँपालिका ५ घर भई हाल खैरहनी नगरपालिका वडा नं।९ बस्ने वर्ष २८ का बिजय चौधरी, सोही ठाउँ घर भई हाल भरतपुर महानगरपालिका ३ बस्ने वर्ष १९ का राकेश चौधरी, बारा जिल्ला कोल्हवी नगरपालिका वडा नं।७ बस्ने वर्ष २४ का महेश चौधरी, चितवन जिल्ला भरतपुर महानगरपालिका ११ बस्ने वर्ष २६ का दिनेश गुरूङ, वर्ष २५ को मनोज दराई रहेका छन् ।
साथै चोरीका मोटरसाईकल किन्ने व्यक्तिहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्लाको खैरहनी नगरपालिका वडा नं।१२ बस्ने वर्ष २४ का समिर चौधरी र वर्ष २८ का अमृत चौधरी रहेका छन् । उनीहरुको साथबाट वास्तविक नम्बर ना ५३ प ९७६४ चोरी भएको मोटरसाइकल ग १० प ९६०७ नम्वरको बजाज पल्सर २०० एनएस मोटरसाईकल,प्रदेश ०३–०२–००९ प ६८२९ नम्वरको सेतो केटिएम डुके २०० सि।सि।मोटरसाईकल, पार्टपुर्जा खोलेको अवस्थामा प्रदेश ०३–०३–००१ प ५२२६ नम्वरको २२० सि।सि। को मोटरसाईकल र चोरीमा प्रयोग हुने मोटरसाईकलको लक तोड्ने साँचो, साँचो बनाउने मेसिन आदी बरामद गरिएको छ ।
यस्तै वेवारिसे अवस्थामा बा.५६ प ५९९५ नम्वरको २०० सि।सि। को केटिएम डुके मोटरसाईकल, ना।१८ प ६३२ नम्वरको १५० सिसि को पल्सर मोटरसाइकल, प्रदेश ३–०३ –००१प ३४९६ नम्वरको १५० सिसि मोटरसाइकल र बा.८१प ५११४ नम्वरको २२० सिसिको पल्सर मोटरसाइकल बरामद भएको र यसको थप अनुसन्धान जारी रहेको प्रवक्ता प्रहरी नायव उपरीक्षक सुर्य थापाले बताए । बेवारिसे मोटरसाइकल बरामद भएकोले कोही कसैको मोटरसाईकल हराएको वा चोरि भएको भए ब्लुबुक तथा अन्य सम्वन्धित कागजात सहित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न समेत अनुरोध गरिएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८