• माघ १, २०८१, मंगलवार Tuesday, 14 January, 2025

आज ३८४४ निको हुँदा ३० जनाले ज्यान गुमाए

  • खबरदाता

आज ३८४४ निको हुँदा ३० जनाले ज्यान गुमाए

कार्तिक–१९, २०७७

चितवन । पछिल्लो २४ घण्टामा १३ हजार १४४ नमुनाको परिक्षण गर्दा ३ हजार ३०९ जना कोरोना संक्रमित थपिएका छन् ।

आज ३ हजार ३०९ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या ३६ हजार ९११ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या ३० हजार १३१ रहेको छ भने संस्थागत आइसोलेसनमा ६ हजार ७८० जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

यस्तै चितवनमा १००, काठमाण्डौं उपत्यकामा १८७८ जना
रहेका छन् । हाल देशभरमा ३७९ आईसियुमा छन् भने ७८ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा ३८४४ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या १ लाख ४४ हजार ८७८ पुगेको छ । यो ७९।२ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा देशभरमा ३० जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या १०३४ पुग्यो ।

  • प्रकाशित मिति : कात्तिक १९, २०७७, बुधवार ११:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८