कार्तिक – १७ ,२०७७
चितवनमा ।चितवनमा एकै दिन थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
भरतपुर अस्पतालका अनुसार भरतपुर महानगगरपालिका १० का ७९ वर्षीय पुरुष र धादिङ्ग जिल्ला निलकण्ठ नगरपालिका ३ बस्ने ६१ वर्षीय महिलाको मृत्यु भएको हो । भरतपुरका पुरुष कार्तिक १६ गते कोभिड संक्रमण सहित श्वासप्रश्वाशमा समस्या भई अस्पतालमा भर्ना भएका थिए ।
कार्तिक १३ गते कोभिड १९ संक्रमण पुष्टि भएको उनको स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि आइतबार कोभिड आइसीयुमा राखेर उपचार हुँदैगर्दा सोमबार विहान १ बजेर २० मिनेट जाँदा मृत्यु भएको अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले जानकारी दिएका छन ।
त्यस्तै, धादिङ्गकी महिला कार्तिक ५ गते कोभिड संक्रमण सहित श्वासप्रश्वाशमा समस्या लिएर अस्पतालको आइसोलेसनमा भर्ना भएकि थिइन । स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि कार्तिक ९ गते कोभिड आइसीयुमा राखेर उपचार भइरहेकोमा आज विहान २ः५५ बजे उन मृत्यु भएको हो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८