कार्तिक -१६ ,२०७७
गैडाकोट । नवलपुर जिल्लाको देवचुली नगरपालिका वडा नम्वर १७ मा गैँडाको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुने देवचुली १७ कुलेनीका ६५ बर्षीय जंगिलाल मुखिया छन् ।
तोरि छर्न खेतमा जाने क्रममा बाटोमा नै गैँडाले आक्रमण गरेको थियो । विहान ५ बजेको समयमा गैँडाको आक्रमणमा परेका मुखियालाई करिब एक घण्टा पछि मात्रै स्थानियले देखेर उपचारको लागि भरतपुर अस्पताल लगेका थिए। अस्पताल लैजाने क्रममा बाटोमा नै उनको निधन भएको जनाइएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८