• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

शनिबार थपिए २५०८ संक्रमित, निको भए २२६४ जना

  • खबरदाता

शनिबार थपिए २५०८ संक्रमित, निको भए २२६४ जना

 

 

कार्तिक–१५, २०७७

चितवन । पछिल्लो २४ घण्टामा ९ हजार २७९ नमुनाको परिक्षण गर्दा २ हजार ५०८ जना कोरोना संक्रमित थपिएका छन् ।

आज २ हजार ५०८ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या ३८ हजार ३५७ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या ३१ हजार ८ रहेको छ भने संस्थागत आइसोलेसनमा ७ हजार ३४९ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

यस्तै चितवनमा ५४, काठमाण्डौं उपत्यकामा १३५७ जना
रहेका छन् । हाल देशभरमा २९६ आईसियुमा छन् भने ६९ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा २२६४ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या १ लाख ३१ हजार २२२ पुगेको छ । यो ७६।९ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा देशभरमा १७ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या ९३७ पुग्यो ।

  • प्रकाशित मिति : कात्तिक १५, २०७७, शनिवार १०:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८