• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

चितवनमा चिकित्सक तथा स्वास्थ्यकर्मीमा मात्रै ४५० जनामा कोरोना

  • खवरदाता

चितवनमा चिकित्सक तथा स्वास्थ्यकर्मीमा मात्रै ४५० जनामा कोरोना

कार्तिक–७, २०७७

चितवन । चितवनमा चिकित्सक तथा स्वास्थ्यकर्मी कोरोनाको उच्च जोखिममा रहेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले कार्तिक ५ गतेसम्मको तथ्याङ्क मध्ये २८३९ जना लाई विश्लेषण गरी सार्वजनिक गरेको विवरण अनुसार कुल संक्रमितको १५ दशमलव ८५ प्रतिशत अस्पतालमा काम गर्ने डाक्टर तथा स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले जानकारी दिए । भट्टराइका अनुसार कार्तिक ५ सम्म कुल संक्रमितको संख्या ३३९२ रहेपनि टेलिफोन गर्दा उक्त संख्याका संक्रमितले प्रतिक्रिया जनाएका थिए ।

देशका विभिन्न जिल्लाहरुबाट उपचारका लागि चितवन आउने र उनीहरुको उपचारमा प्रत्यक्ष संलग्न हुने चिकित्सक, नर्स सहित स्वास्थ्यकर्मीमै वढि मात्रामा कोरोना संक्रमण पुष्टी भएको छ । उनीहरु उच्च जोखिममा रहेपछि उपचार गराउन गएकाहरुमा पनि संक्रमणको दर वढिनै छ । अस्पतालको सम्पर्ककका कारण संक्रमित भएकाको संख्या १४२ छ जुन दर ५ प्रतिशत हो ।

सवैभन्दा धेरै क्याटागोरी नछुट्याएको अर्थात अन्यमा ४३ दशमलव ३३ प्रतिशत (१२३० जना) रहेपनि क्याटोगरी छुट्याइएको मध्ये चिकित्सक स्वास्थ्यकर्मी नै उच्च जोखिममा रहेका हुन् । कार्तिक ५ सम्म जिल्लामा संक्रमितको कुल संख्या ३ हजार ३ सय ९२ रहेका छन् । जसमा ४५० जना चिकित्सक तथा स्वासथ्यकर्मी छन् ।

कुल संक्रमित मध्य ५६ दशमलव ९२ प्रतिशत अर्थात १ हजार ९ सय ३१ जना निको भइसकेका छन् भने ४१ दशमलव ८३ प्रतिशत अर्थात् १ हजार ४ सय १९ जनाले अहिले पनि उपचारमा रहेर स्वास्थ्य लाभ लिइरहेका छन् । हालसम्म ४२ जनाको मृत्यु भएको छ । जुन कुल संक्रमितको १ दशमलव २ प्रतिशत हुन आउँछ ।

चिकित्सक पछि कोरोना संक्रमण देखिनेमा दोस्रो स्थानमा अन्य संक्रमितहरुको सम्पर्कमा आएकाहरु छन् । अर्थात कन्याक्ट ट्रेसिङमा परेकाहरु छन । जसको सख्या ३२८ रहेको छ । त्यस्तै उद्योग संचालनमा खटिएकाहरुमा संक्रमणको दर ६ दशमलव ६२ प्रतिशत अर्थात १८८ जना, ट्राभल हिस्ट्री भएका ५ दशमलव ६७ प्रतिशत अर्थात १६१ जना रहेका छन् ।

त्यस्तै चेकजाँचमा खटिएका प्रहरीमा पनि संक्रमण छ । हालसम्म १३० जना संक्रमित भएका छन् जुन ४ दशमलव ५८ प्रतिशत रहेको छ ।

त्यस्तै व्यापार व्यवसायमा खटिएका १०४ जनामा कोरोनाको संक्रमण देािखएको तथ्याङ्कमा छ । सरकारी कार्यालयमा सेवा दिने ३१ जनामा, बैँकका कर्मचारी ३६ जना, सहकारीकर्मी ३९ जना रहेका छन् ।

जिल्लामा कोभिडकै लागि भनेर ५०८ वटा वेड छन् भने १७६ वटा आइसीयु बेड र ४९ वटा भेन्टिलेटरको सख्या रहेको छ ।

  • प्रकाशित मिति : कात्तिक ७, २०७७, शुक्रवार १०:०० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८