• असोज २२, २०८१, मंगलवार Tuesday, 08 October, 2024

सामाजिक लोकतन्त्र अध्ययन केन्द्र चितवनको कार्यसमिती विस्तार

  • खवरदाता

सामाजिक लोकतन्त्र अध्ययन केन्द्र चितवनको कार्यसमिती विस्तार

कार्तिक– ५, चितवन

सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले चितवन कार्यसमितिको बिस्तार गरेको छ ।

चितवन शाखाको संयोजकमा डा.बिजयचन्द्र आचार्य, उपसंयोजकमा रामहरि भण्डारी र सचिवमा रामहरी तिमिल्सेना सहित पहिलेनै गठन गरिएको समितीले पुर्णता पाएको हो । विस्तारित कार्यसमितीमा कोषाध्यक्ष सहित १३ जना नयाँ सदस्य थप गरी १७ सदस्यीय बनाईएको छ । संयोजक डा.आचार्य बिपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका निर्वतमान कार्यकारी निर्देशक हुन् ।

बिस्तारित कार्यसमितिको कोषाध्यक्षमा श्रीराम दवाडी, सदस्यहरुमा प्रा.चिरन्जीवी श्रेष्ठ, डा.राजेन्द्र रेग्मी, डा.रन्जनभक्त भण्डारी, डा.सन्दिप गर्ग, डा.रजनी शाह मल्ल रहेका छन् । त्यसैगरी समितिका अन्य सदस्यहरुमा ई.भरत आर्चाय, फुलमाया रानाभाट, छाँया श्रेष्ठ, दिपेन्द्र चौधरी, साबित्रिदेबी भुर्तेल, युवराज लामा, बिकास पौडेल र पूर्णप्रसाद शर्मा रहेका छन् ।

संयोजक डा. आचार्यले सस्थाले मानव अधिकार,सुशासन, जनशक्तिकरण, वाक स्वतन्त्रता, मौलिक हक, आवधिक निर्वाचन, संघिय तथा स्थानिय स्वायत्त शासनका बिबिध क्षेत्रमा अध्यन अनुसन्धान गर्ने बताए । लोकतान्त्रिक समाजवादको सम्र्वद्धन र प्रवद्धन गर्दै नागरिकको जीवनस्तरमा उल्लेख्य बृद्धि ल्याउने हेतुले सन २०१४ मा काठमाडौंमा केन्द्र स्थापना गरिएको थियो ।

सामाजिक लोकतन्त्रका मुल आधारहरु स्वतन्त्रतता, समानता, बिभेद न्युनिकरण र आर्थिक न्याय रहेकाले केन्द्रले यसैमा आधारित रहेर हालसम्म काम गरिरहेको छ ।

  • प्रकाशित मिति : कात्तिक ५, २०७७, बुधवार ०२:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८