कार्तिक– ४, २०७७
चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा ३४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
आइतबार गरिएको परिक्षणमा चितवनका २८ सहित ३४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
प्रयोगशालाका अनुसार भरतपुरका ७ पुरुष र १० महिला गरि १७ जना, रत्ननगरका १ पुरुष र २ महिला गरि ३ जना, खैरहनीका १ पुरुष र १ महिला गरि २ जना, राप्तीका १ महिला , इच्छाकामनाका ४ महिला र माडिका १ पुरुष समेत गरि २८ जना रहेका छन ।
यस्तै अन्य संक्रमितहुनेहरुमा हेटौंडाका १ पुरुष र १ महिला ,नवलपरासीका १ महिला र रुपन्देहीका २ पुरुष र १ महिला समेत गरि ३४ जना रहेका छन । संक्रमितहरु २० महिना देखि ८० बर्ष सम्मका रहेका छन ।
भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज, लुम्बिनी मेडिल कलेज र विभिन्न क्वारेन्टिनबाट संकलन गरिएका ३१५ नमुनाको परिक्षण गर्दा २८१ नमुनाको नतिजा नेगेटिभ आएको थियो भने ३४ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८