• माघ १, २०८१, मंगलवार Tuesday, 14 January, 2025

चेन्नाइलाई पराजित गर्दै दिल्ली फेरी शीर्ष स्थानमा

  • खवरदाता

चेन्नाइलाई पराजित गर्दै दिल्ली फेरी शीर्ष स्थानमा

कार्तिक–२, २०७७

दिल्ली क्यापिटल आइपिएलको अङ्क तालीकाको शीर्ष स्थानमा उक्लेको छ । शनिवार भएको खेलमा दिल्लीले चेन्नाइ सुपर किङ्सलाई ५ विकेटले पराजित गरेको छ । १८० रनको लक्ष्य पाएको दिल्लीले एक बल बाँकी रहँदा ५ विकेटको क्षतीमा १८५ रन बनायो । दिल्लीका लागि शिखर धवनले ५८ बलमा १०१ रन जोडे । उनको चार पटक क्याच छुटेको थियो । यसै गरी, अक्षर पटेलले ५ बलमा तिन छक्का सहित २१ रन जोडे ।

ड्वान ब्राभो फिट नभए पछि अन्तिम ओभर रवीन्द्र जडेजाले बलिङ गरेका थिए । जडेजाको चारको सामना गरेका पटेलले यसैमा तिन छक्का प्रहार गरेका हुन् । अन्तिम ओभरमा दिल्लीका लागि १७ रन आवश्यक थियो । १९ औ ओभरमा साम करणले एक विकेट लिनुका साथै चार रन मात्र दिए पछि चेन्नाइले जित्ने सम्भावना बलियो बनेको थियो ।

टस जिते ब्याटिङ रोजेको चेन्नाइले चार विकेटको क्षतीमा १७९ रन बनायो । चेन्नाइका फाफ डु प्लेसिसले ५८ अम्बाती रायडुले २५ बलमा २५ तथा रवीन्द्र जडेजाले १३ बलमा ३३ रन बनाए । सो खेलमा धवन म्यान अफ द म्याच घोषित भए ।

अर्को खेलमा रोयल च्यालेन्जर बंैगलोरले राजस्थान रोयल्सलाई ७ विकेटले हरायो । १७८ को लक्ष्य पाएको बैंगलोरले दुई बल बाँकी रहँदा १७९ रन बनायो । बैंगलोरका ए बि डि भिलियर्सले २२ बलमा ५५ रन जोड्दै अविजित रहे । उनी म्यान अफ द म्याच घोषित भए ।

यस अघि टस जितेर पहिले ब्याटिङ राजेको राजस्थानले ६ विकेटको क्षतीमा १७७ रन बनायो । राजस्थानका रोविन उथ्थपाले २२ बलमा ४१ तथा कप्तान स्टेभन स्मिथले ३६ बलमा ५७ रन बनाए । दिल्ली ९ खेलमा १४ अङ्क सहित पहिलो, बैंगलोर १२ अङ्क सहित चौथो, चेन्नाइ र राजस्थान ६ अङ्क सहित छैटौँ र सातौँ स्थानमा छन् ।

  • प्रकाशित मिति : कात्तिक २, २०७७, आइतवार ०१:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८