• वैशाख ६, २०८१, बिहीवार Thursday, 18 April, 2024

गैंडाकोट नगरपालिकाका ३ कर्मचारी सहित ३१ जनामा कोरोना संक्रमण पुष्टी

  • खवरदाता

गैंडाकोट नगरपालिकाका ३ कर्मचारी सहित ३१ जनामा कोरोना संक्रमण पुष्टी

कार्तिक–१, २०७७

नवलपुर । नवलपुर जिल्लाको गैंडाकोट नगरपालिकाका २ स्वास्थ्यकर्मी सहित ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

एक जना ढोडेनी शहरी स्वास्थ्य क्लिनिकका, अर्का एक अमरापुरीमा र विषयगत शाखा प्रमुखमा संक्रमण पुष्टी भएको हो । गत असोज २८ गते नगरपालिकामा संकलित १४९ स्वावमा ३१ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । जसमा नगरपालिकाको वडानम्वर १ मा ५ जना, २ मा ३ जना, ३ मा १ जना, ४ मा ७ जना, ५ मा ४ जना, ६ मा १ जना, ८ मा ३ जना, १० मा १ जना, १२ मा २ जना र १३ मा ४ रहेका छन् ।

स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलका अनुसार कुल ३१ जना भएपनि २ जना पहिलेकै संक्रमितको पुन परीक्षण गरिएको र ५ जना मध्य ४ जना कावासोती र १ जना भरतपुरमा रहेको हो भने २४ जना मात्रै गैंडाकोटको रहेको जानकारी दिए ।

  • प्रकाशित मिति : कात्तिक १, २०७७, शनिवार १४:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८