आश्विन–२९, २०७७
नवलपुर । गाउँपालिकाको अर्कमण्यताका कारण गाउँपालिकाका जेष्ठ नागरिक ,असाहय ,अपागंहरुले यसपालिको दशैंमा सामाजिक सुरक्षा बापतको भत्ता खान नपाउने भएका छन् ।
गाउँपालिकामा रहेका झण्डै एक हजार बढि जेष्ठ नागरिक ,असहाय र अपागंहरुले यो बर्षको दशैंमा सामाजिक सुरक्षाबापतको झण्डै एक करोड २० लाख बढि रकम नपाउने भएका प्रमुख प्रशासकीय अधिकृत टीकाबहादुर गोदारले बताए ।
दशैको मुखमा सधैं सधैं सामाजिक सुरक्षा भत्ता पाउँदै आएका बुलिगंटार गाउँ पालिकाका जेष्ठ नागरिक, अपागं र असहायहरुले यस बर्षको दशै पनि खल्लो हुने भन्दै आक्रोश ब्यक्त गरेका डाडाँझरीका जेष्ठ नागरिक तुलबहादुर सारु मगरले बताए ।
दशैमापनि पालिकाले जेष्ठ नागरिकको पैसा रोक्ने अनि जन प्रतिनिधिलाई भोट हालेको यहि हो सारुले आक्रोेश ब्यक्तगर्दै भने यस्ता जनप्रतिनिधिबाट समाजले के आशागर्ने ?
बुलिगंटार गाउँपालिकाले दशैं जस्तो नेपालीको ठुलो चाडमा पनि सामाजिक सुरक्षा बापतको भत्तानदिनु अत्यन्त दुखदपक्ष रहेको भन्दै सर्बत्र बिरोध शुरु भएको छ स्थानीय खगीमायाँ गरँजा मगरले भनिन् दशैंमा घरमा आउने चेलीबेटी आफन्तलाई टीका लगाएर दान दक्षिणा दिने गरिन्थ्यो तर अहिले पैसा नै नआउने भए पछि यस्ता जन प्रतिनिधिबाट जनताले के आशागर्ने ?
स्थानीय जन प्रतिनिधिले तलब भत्ताखाने अन्य शिक्षक कर्मचारीहरुले भत्ताखाने तर जेष्ठ नागरिकहरु मात्रै भत्ताबाट बंचितहुनुपर्ने अत्यन्त दुखको बिषय भएको सामाजिक अभियान्त दान बहादुर बकावल मगरले भने जन प्रतिििनधले नखाएर भएपनि सामाजिक सुरक्षा भत्तादिनै पथ्र्यो तर पालिका जिम्मेवार र जबाफ देहीहुन सकेन ।
प्रमुख प्रशासकीय अधिकृत टीकाबहादुर गोदारले अध्यक्षले समयमा आर्थिक कार्यको अख्तियारी नदिदाँ भत्ता बितरणमा ढिलाई भएको र दशैं पछि तुरुन्त भत्ता बितरण गर्न आफू तयार रहेको बताए । ं
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८