आश्विन–२८, २०७७
चितवन । पछिल्लो २४ घण्टामा १३ हजार ९४७ नमुनाको परिक्षण गर्दा २ हजार ६३८ जना कोरोना संक्रमित थपिएका छन् ।
आज २ हजार ६३८ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या ३६ हजार ३६७ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या २१ हजार ५४८ रहेको छ भने संस्थागत आइसोलेसनमा १४ हजार ८१९ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।
यस्तै चितवनमा ६७, काठमाण्डौं उपत्यकामा १४०३ मध्ये काठमाण्डौंमा ९९६ भक्तपुरमा १०२ र ललितपुरमा ३०५ रहेका छन् । हाल देशभरमा ३०५ आईसियुमा छन् भने ७० जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।
पछिल्लो २४ घण्टामा २१७४ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या ८० हजार ९५४ पुगेको छ । यो ६८.६ प्रतिशत हुन आउँछ ।
विगत चौविस घण्टामा देशभरमा १२ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या ६७५ पुग्यो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८