• फागुन २२, २०८०, मंगलवार Tuesday, 05 March, 2024

भन्सार छली ल्याएको लत्ता कपडा वरामद

  • खवरदाता

भन्सार छली ल्याएको लत्ता कपडा वरामद

आश्विन–२५, २०७७

चितवन । भन्सार छलेर लत्ता कपडा ल्याउनेलाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले भरतपुर महानगरपालिका ३ शहिदचोक नजिक लु. २ ख. ३४० नम्वरको ट्रक रोकी चेकजाँच गर्ने क्रममा अवैध तरिकाबाट कपडा ल्याएको पत्तालागेको थियो ।

उक्त ट्रकमा करिव ४ लाख ७५ हजार रुपैया बरावरको लत्ता कपडा रहेको र जसमा ९५० थानकुर्ता सलवारका १० वटापोका फेला पारीएको चितवन प्रहरीका प्रवक्ता डिएसपी सुर्य थापाले जानकारी दिए ।

प्रहरीले उक्त ट्रक सहित ट्रक चालक जिल्ला नवलपरासी पश्चिम सरावल गाउँपालिका ३ बस्ने बर्ष ३७ को रामबहादुर चौधरी र सोही ठाउँका बर्ष ३५ कि मिना के.सी. लाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बीरगञ्ज भन्सार कार्यालय पठाइएको थापाले बताए ।

  • प्रकाशित मिति : असोज २५, २०७७, आइतवार १२:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८