• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

पुर्ण बजेट नआउँदा पुन निर्माणका काम प्रभावित

  • खवरदाता

पुर्ण बजेट नआउँदा पुन निर्माणका काम प्रभावित

आश्विन–२४,२०७७

नवलपुर । केन्द्रबाट थोरै बजेट निकासा हुँदा नवलपुर जिल्लामा पुन निर्माणको काम प्रभावित भएको छ ।

भूकम्पबाट प्रभावित ३२ जिल्लामध्य ९० प्रतिशत मािथ उपलब्धि हासिल गरेको एक मात्रै जिल्लाको पहिचान बनाएपनि अहिले यही जिल्लालाई केन्द्रले न्यून बजेट मात्रै निकासा गरिदिएको हो । नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ नवलपुरका कार्यालय प्रमुख राजेन्द्र कार्कीका अनुसार चालु आर्थिक वर्ष २०७७ ÷०७८ का लागि कुल ५ करोड ८९ लाख रुपैया आवश्यक पर्दछ । तर निकासाभने जम्मा २ प्रतिशतभएको छ । कार्कीले भने, “जम्मा १३ लाख रुपैया मात्र केन्द्रबाट बजेट आउँदा हामीलाइ समस्या भएको छ । केहीलाई किस्ता निकासा गर्ना साथ यो रकम सकिन्छ ।”

२०७५ सालको जेठ महिनामा कार्यालय स्थापना गरेर साउन महिना देखिनै धमाधम काम गरेको पुननिर्माण प्राधिकरण अहिले भने आवश्यक बजेटको जम्मा २ प्रतिशत मात्रै निकासा हुँदा समयमै काम सम्पन्न नहुने हो की भन्ने चिन्ता थपिएको छ । स्थापनाको २ वर्ष सम्म कुनै पनि कमीहुन नदिएर कामजारी राखेको कार्कीको दावी छ । कोभिड १९ का कारण सृजित परिस्थिती र लकडाउनमा पनि प्रविधिको प्रयोग मार्फत घर निर्माणका फोटोहरु इन्टरबाट पठाउन लगाउने र आवश्यक किस्ता निकासा देखि थप सुझाव दिएर काम नरोकेको बताए । “यसले पनि जिल्लामा पुननिर्माण कति पनि प्रभावित भएन । हाम्रो अहिले ९६ प्रतिशत घरहरुको निर्माण भएको प्रगतिमा छौँ तर अहिले बजेट नै निकासा नगरिदा चिन्ता थपिएको हो । ”

पुनर्निर्माणका लाभ ग्राही दुई प्रकारका हुने र पहिलो प्रवली करण तर्फका लाभग्राहीहरुलाई पहिलो किस्ता ५० हजार र दोस्रो किस्ता ५० हजार त्यसैगरी पुनर्निर्माण लाभग्राहीतर्फ पहिलो किस्ता ५० हजार, दोस्रो किस्ता १ लाख ५० हजार र तेस्रो किस्ता १ लाखदिने प्रावधान रहेको छ । सम्झौता भएपछि मात्रै यी रकम भुक्तान गरिन्छ । कार्कीले भने,“हामीसँग लगभग ११२० जनालाभ ग्राही हुनुहुन्छ । त्यस मध्य ८७० जनाको निर्माण सम्पन्न भएको छ । फेरि जेठ असारमा गुनासो बाट २१९ जना नयाँ लाभग्राही थपिनु भएको छ । उहाँहरु सम्झौता गरेर सुरुवातगर्ने चरणमा हुनुहुन्छ । जसमा २०० जतिलाई गएको आर्थिक वर्षमै पहिलो किस्ता दिइ सकेका छौँ । उहाँहरुलाई यो आर्थिक वर्षमा दोस्रो र तेस्रो किस्ता दिनुपर्ने हुन्छ । तर अव अहिले धेरैले दसैँ तिहार अघि डिपिसी लगायतको काम भ्याउनुहुन्छ । त्यसपछि हामीले थप प्रत्येक लाभग्राहीलाई अढाइ लाख दिनुपर्ने हून्छ । जवकी निकासा रकम जम्मा १३ लाखआएको छ ।”

गल्तीले यतिथोरै आएको हुनसक्ने भन्दै केन्द्रमा थप धेरै रकम निकासाका लागिपत्र पठाएको उनले बताए । दसैँ सुरु हुन लाग्दापनि रकम निकासा नभएपछि किस्ता मागगर्न आएका लाभग्राही फर्किनु परेको छ । १०० जना लाभग्राहीहरुले किस्ता दावी गरिसकेका छन । अहिले पठाएको रकमले ५ देखि ६ जनालाई मात्रै किस्तादिन पुग्छ ।

यदि समयमै आवश्यक बजेट निकासा भए आगामी पुस माघ सम्म चाहिँ कामपूर्ण सम्पन्न गरि सकेर कार्यालय फुर्सदमा हुने उनको दावी छ । साथै अहिले नेपाल सरकारले लेखा प्रणालीमा फेरवदल गरेको र सीग्यास प्लस भन्ने प्रणाली लागु भएर पनि भुक्तानीदिन सुरु गरिसकेको उनले बताए ।

संख्यात्मक रुपमा हेर्दा बुलिङ्टार गाउँपालिकामा धेरै लाभग्राही छन् भने त्यस्तै देवचुली नगरपालिकाको उत्तरी वेल्ट ६ नम्वर वडा, हुप्सेकोटको उत्तरी वेल्ट र गैंडाकोट नगरपालिकाका वडानम्वर १८ मा वढि क्षती छ भने कम क्षती कावासोतीमा छ ।

त्यस्तै अहिले पुनरावेदनको कामजारी छ । कार्यालयले सवै सेवा निशुल्क गरिदिएको छ । २२ सय ४० जन गुनासो कर्ता मध्ये २१९ जनामात्रै लाभग्राहीमा सूचीकृत हुनसके । वाँकी २ हजार चाहिँ सम्भावित पुनरावेदन गर्न योग्य भएको र अहिले उनिँहरुले नेपाल सरकार पुननिर्माण प्राधिकरण विरुद्धमा पुनरावेदन गरिरहेका छन् । कार्यालयले पुनरावेदनलाई लिएर व्यवसाय नै वनाएका खवर अन्य जिल्लामा सुनि रहँदा यहाँभने पुनरावेदनका सवै कार्य निशुल्क गरिदिएको छ ।

वाहिरी कानुनी व्यवसायी मार्फत एकजनाको १ हजार १५ सय रुपैया लिएर पुनरावेदन गरेका सम्म अन्य जिल्लामा खवर आएका थिए । त्यस्तै किस्ता लिएर काम नगर्नेहरुको वैँकखाता रोक्कागर्ने गरिएको छ । अहिले कवुलियतीनामा बनाएर काम सुरु गरिएको र रकम लगेर काम नगर्नेहरु विरुद्ध कार्यालयले कडाइ गरिरहेको कार्कीले बताए ।

  • प्रकाशित मिति : असोज २४, २०७७, शनिवार ०७:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८