• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

नवलपुरमा फरार अभियुक्तहरु धमाधम पक्राउ

  • खवरदाता

नवलपुरमा फरार अभियुक्तहरु धमाधम पक्राउ

आश्विन–२३, २०७७

कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपुरले फरार अपराधिहरु धमाधम पक्राउ गरिरहेको छ ।

अदालतबाट बिभिन्न मुद्दामा कैद जरिवाना असुल उपर हुन बाँकी रही फरार भएका व्यक्तिहरुलाई पक्राउ गरिएको हो । विहिवार मात्रै ८ जना व्यक्तिहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता डिएसपी मोहन खाँणले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा वहु विवाह मुद्दाका १ बर्ष ५ महिना ७ दिन कैद सजाय भोग्नुपर्ने १ जना, नक्कली प्रमाण पत्रबाट भ्रष्टचार गरेके मुद्दाका ६ महिना कैद सजाय भोग्नुपर्ने १ जना, लिखित वदर दर्ता कायम मुद्दाका २५ रुपैया जरिवना तिर्नुपर्ने १ जना सवारी ज्यान मुद्दाका २ हजार जरिवाना तिर्नुपर्ने १ जना, चोरी मुद्दाका ३ हजार ८ सय ११ रुपैया ५० पैसा सहित १ महिना २ दिनको कैद भुक्तान गर्न वाँकी १ जना, कुटपिट लुटपिट र गाली वेइज्जती मुद्दामा ४५० रुपैया जरिवाना तिर्नुपर्ने २ जना, कर्तव्य ज्यान मुद्दामा ५ सय रुपैया सहित ८ महिना १० दिनको सजाय भोग्न वाँकी १ जना गरी ८ जनाले भोग्नुपर्ने कुल २ वर्ष ८ महिना १९ दिन र ६ हजार ७ सय ८६ रुपैया ५० पैसा जरिवान तिर्नुपर्ने व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक खाँणले बताए ।

पक्राउ परेका व्यक्तिहरुलाई विहिवार नै नवलपुर जिल्ला अदालतमा पेश गरिएकोछ ।

  • प्रकाशित मिति : असोज २३, २०७७, शुक्रवार ०३:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८