• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

तीन वर्षिय बालिका सहित चितवनमा ३० जना कोरोना संक्रमित थपिए

  • खवरदाता

तीन वर्षिय बालिका सहित चितवनमा ३० जना कोरोना संक्रमित थपिए

आश्विन–२३, २०७७

भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बिहिवार गरिएको परिक्षणमा चितवनका २७ सहित ३० जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
प्रयोगशालाका अनुसार भरतपुरका ७ महिला र ८ पुरुष गरि १५ जना, रत्ननगरका ४ पुरुष, राप्तीका ३ महिला ३ पुरुष र खैरहनिका १ महिला र १ पुरुष गरि २७ जना रहेका छन ।

त्यस्तै अन्य संक्रमित हुनेहरुमा नवलपुरका १ महिला १ पुरुष र मकवानपुरका १ पुरुष समेत गरि ३० जना संक्रमित भएको अस्पतालले जनाएको छ । संक्रमितहरु ३ देखि ६८ बर्ष सम्मका रहेका छन ।

भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र विभिन्न क्वारेन्टिनबाट संकलन गरिएका २२० नमुनाको परिक्षण गर्दा १९० नमुनाको नतिजा नेगेटिभ आएको थियो भने ३० जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

  • प्रकाशित मिति : असोज २३, २०७७, शुक्रवार ००:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८