• माघ ८, २०८१, मंगलवार Tuesday, 21 January, 2025

दशैँमा सार्वजनिक स्थानमा पिङ नहाल्न स्वास्थ्य मन्त्रालयको आग्रह

  • खवरदाता

दशैँमा सार्वजनिक स्थानमा पिङ नहाल्न स्वास्थ्य मन्त्रालयको आग्रह

आश्विन–२२, २०७७

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण तीब्र गतिमा बढेको भन्दै दशैँका बेला सार्वजनिक स्थानमा पिङ नहाल्न आग्रह गरेको छ ।

मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यस्तो आग्रह गरेका हुन् । साथै उनले आवत जावत र भीडभाड चुनौतीपूर्ण भएको भन्दै यसपालिको दशैँमा पुजारीलाई मात्रै मन्दिरमा पुजा गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

उनले सामान्य ज्वरो आउँदा पनि मानिसहरु अस्पताल जाँदा जटिल संक्रमितहरुले बेड नपाउने अवस्था रहेको बताए । प्रवक्ता डा. गौतमले अस्पताल जाने आउने क्रममा संक्रमण फैलिन सक्ने खतरा भएको भन्दै सावधानी अपनाउन अनुरोध गरे ।

  • प्रकाशित मिति : असोज २२, २०७७, बिहीवार १२:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८