आश्विन–२१, २०७७
चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका १२ पुरुष र ५ महिला, रत्ननगरका २ पुरुष १ महिला, खैरहनीका २ पुरुष २ महिला र राप्तीका १ पुरुषगरि चितवनका २५ जना रहेका छन् ।
अन्य संक्रमित हुनेहरुमा देवचुलीका १ पुरुषर डोटीका १ पुरुष समेत गरि २७ जना रहेका छन् । संक्रमितहरु २२ देखि ६१ बर्ष सम्मका रहेको अस्पतालले जनाएको छ ।
भरतपुर अस्पताल र क्वारेन्टिनबाट संकलन गरिएका नमूनाको बुधबार परिक्षण गर्दा १४६ वटा नमूना मध्ये ११९ वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने २७ वटाको पोजेटिभ रिपोर्ट आएको हो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८