• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

भरतपुर अस्पतालको प्रयोगशालामा ६२ जनामा कोरोना पुष्टि

  • खवरदाता

भरतपुर अस्पतालको प्रयोगशालामा ६२ जनामा कोरोना पुष्टि

आश्विन–२०, २०७७

चितवन । भरतपुर अस्पतालकोे कोभीड–१९ प्रयोगशालमा गरिएको परिक्षणमा ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका २७ पुरुष र १६ महिला गरि ४३ जना, रत्ननगरका १ महिला, खैरहनिका ३ पुरुष २ महिला, राप्तीका ६ पुरुष, कालिका र माडीका १÷१ पुरुषगरि २ जना सहित चितवनका मात्रै ५७ जना रहेका छन ।

अन्य संक्रमित हुनेहरुमा नवलपुरका १ पुरुष १ महिला, जाजरकोट, हुम्ला र मोरङ्गका १÷१ पुरुषष्रि ३ जना समेत गरि जम्मा ६२ जना रहेका छन ।

संक्रमितहरु ६ देखि ७८ बर्ष सम्मका रहेका छन ।
परिक्षण गरिएका नमुनाहरु भरतपुर अस्पताल, नेशनल सिटी अस्पताल, ओम अस्पताल, सेन्ट्रल अस्पताल, पुष्पाञ्जली अस्पताल र क्वारेन्टिनबाट संकलन गरिएको अस्पतालले जनाएको छ ।

मंगलबार परिक्षण गरिएका २७० वटा नमूना मध्ये २०८ वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने ६२ वटा नमुनाको पोजेटिभ आएको हो ।

  • प्रकाशित मिति : असोज २०, २०७७, मंगलवार ११:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८