• माघ ११, २०८१, शुक्रवार Friday, 24 January, 2025

पछिल्लो तीन महिनामा ७ गैंडा मरे

  • खवरदाता

पछिल्लो तीन महिनामा ७ गैंडा मरे

आश्विन–२०,२०७७

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा साउन महिना यता ७ गैंडा मरेमा छन् ।

विश्वमै दुर्लभ वन्यजन्तु एक सिँङ्गे गैंडा चितवन राष्ट्रिय निकुञ्जमा भने दिन विराई मर्न थालेका छन् । विश्व सम्पदा सूचीमा रहेको एक सिँङ्गे गैंडा यति धेरै संख्यामा मरेपछि चिन्ताको विषय बनेको छ ।

असोज १९ गते एकै दिन चितवन राष्ट्रिय निकुञ्ज भित्रका २ गैँडा मृतवस्थामा फेला परेका थिए । मृत गैंडा एउटा सौराहामा र अर्को नारायणी नदीमा बगेर भारतसम्म पुगेको भेटिएको हो । नारायणी नदीमा बग्दै भारत पुगेको गैंडाको व्यवस्थापन भने भारतलेनै गरेको निकुञ्जले जनाएको छ ।

यीदुई सहित पछिल्लो ३ महिनामा मात्रै निकुञ्जका ७ गैंडा मरिसकेका छन् । यी मध्ये एक गैंडा तस्करले मारेको हो । गत शनिबार त्रिवेणीमा अर्को एक गैंडा मृत फेला परेको हो । यस्तै भदौ २१ गते नवलपुरको लामिचौरमा पनि गैंडा मृत भेटिएको थियो । जसलाई तस्करले मारेको भनिएको छ । साउन १७ र भदौ ६ मा पनि मृत गैंडा फेला परेको थियो ।

गणना गरिए अनुसार हालसम्म देशभर ६४५ गैंडा थिए । तर वि.स. २०७२ सालमा भएको गणनाबाट दिइएको संख्या फेरि गणना त हुन सकेको छैन तर ठूलो संख्यामा कमी आएको आकलन गरिएको छ । ६४५ मध्य चितवन राष्ट्रिय निकुञ्मा मात्रै ६०५ वटा गैंडा फेला परेका थिए । ०६७ सालयता चोरी सिकार कम हुँदै गएर शून्यको अवस्थामा पनि पुगेको थियो तर अहिले प्राकृतिक र दुर्घटनाबाट मृत्यु हुनेक्रम नरोकिएपछि एक सिङ्गे गैंडा संरक्षणमा चुनौति थपिएको छ ।

निकुञ्जका अनुसार आ.व ०७४÷७५ मा २६ र ०७५÷७६ मा ४३ वटा र ०७६÷०७७ मा २६ गैंडा मरेका थिए ।

  • प्रकाशित मिति : असोज २०, २०७७, मंगलवार ११:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८