आश्विन–१९,२०७७
नवलपुर । घरपालुवा हात्तीको आक्रमणबाट नवलपुरमा एक जनाको मृत्यु भएकोछ । मृत्यु हुनेमा कावासोती नगरपालिका १० बस्ने वर्ष ५६ का लोकबहादुर खजुवार रहेका छन् ।
उक्त हात्ती आइसल्याण्ड जङ्गल रिसोर्टले आफ्नो प्रयोजनको लागि पालेको थियो । मृतक सोहि हात्तीका माउते रहेका थिए । हात्तीलाई पानी खुवाउन लैजाने क्रममा रिसोर्टको परिसर भित्र आक्रमण गरि खजुवारलाई घाईते बनाएको थियो । उनको उपचारको क्रममा चितवन मेडीकल कलेज भरतपुरमा मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८