• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

एकैदिन २७२२ संक्रमित थपिदा, ३३०७ निको भए

  • खवरदाता

एकैदिन २७२२ संक्रमित थपिदा, ३३०७ निको भए

आश्विन–१६,२०७७

चितवन । पछिल्लो २४ घण्टामा १४ हजार ७३९ नमुनाको परिक्षण गर्दा २ हजार ७२२ जना कोरोना संक्रमित थपिएका छन् ।

आज ९६५ महिला र १७५७ पुरुष गरि २७२२ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ८२ हजार ४५० पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या २१ हजार २३४ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या ११ हजार ७६० रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार ४७४ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

यस्तै आज थपिएका मध्ये चितवनमा ८३ जना । काठमाण्डौं उपत्यकामा १६३८ मध्ये काठमाण्डौंमा १२८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३३०७ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या ६० हजार ६९६ पुगेको छ । यो ७३.६ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा देशभरमा ४ महिला र ७ पुरुषगरि ११ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या ५२० पुग्यो ।

  • प्रकाशित मिति : असोज १६, २०७७, शुक्रवार १०:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८