• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

महरालाई नेकपाको स्थायी समिति सदस्य बनाउने तयारी


महरालाई नेकपाको स्थायी समिति सदस्य बनाउने तयारी

आश्विन–१६, २०७७

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कृष्णबहादुर महरालाई स्थायी समिति सदस्य बनाउने तयारी गरेको छ ।

सभामुखबाट राजीनामा दिएको झण्डै एक वर्षपछि महरा नेकपाको स्थायी समिति मार्फत सक्रिय राजनीतिमा लाग्ने भएका हुन् ।

नेकपाको स्थायी समितिमा अग्नि सापकोटा सभामुख बनेपछि रिक्त रहेको पदमा महरालाई ल्याउन प्रचण्ड लागी परेका हुन् । महरालाई स्थायी समिति सदस्य बनाउने गृहकार्य भइरहेको प्रचण्ड निकट स्रोतले बताएको छ ।

१० दिनभित्र पार्टी एकताका बाँकी काम सक्ने कार्ययोजना ल्याउन अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेललाई नेकपाको असोज ६ गते बसेको सचिवालय बैठकले निर्देशन दिएको थियो ।

ओली र प्रचण्डबीच ६ दिनसम्म चलेको छलफलमा महरालाई स्थायी समितिमा ल्याउने विषय पनि एउटा एजेन्डाको रुपमा रहेको नेकपाका एक जना सचिवालय सदस्यले बताएका छन् ।

अब बस्ने सचिवालय बैठकले छिटै महरालाई स्थायी समिति सदस्य बनाउने निर्णय गर्नसक्ने स्रोतले बताएको छ ।

सभामुख हुनुअघि तत्कालीन माओवादी केन्द्रको प्रभावशाली स्थायी समिति सदस्य रहेका महरा निष्कृय भएसँगै प्रचण्डको उदोगती सुरु भएको जानकारहरुले बताउने गरेका छन् ।

प्रचण्डले समेत यो कुरा बुझेको कारण महरालाई सक्रिय राजनीतिमा फर्काउन बल गरीरहेको नेकपा स्रोतले बताएको छ ।

संसद सचिवालयमा कार्यरत महिलालाई बलात्कार प्रयासको आरोप लागेपछि महराले २०७६ असोज १४ गते पदबाट राजीनामा दिएका उनलाई प्रहरीले असोज १९ गते सभामुख निवासबाटै पक्राउ गरेको थियो ।

बलात्कार प्रयासको आरोप फिर्ता हुदा समेत महरालाई कात्तिक १८ गते पुर्पक्षका लागि सदरखोर डिल्लीबजार पु¥याइएको थियो ।

यो घटनाबाटै प्रचण्डलाई नेकपाभित्रैबाट राजनीतिक रुपमा समाप्त पार्ने ग्राण्ड डिजाईन सुरु भएको पुर्व माओवादी बिश्लेषकहरुको भनाई रहेको छ ।

नभन्दै प्रचण्डले आफु निकट भएर मन्त्री बनाएका पात्रहरु एकाएक ओलीको गुनगान गाउन थाले । पार्टी भित्र संघर्ष चली रहदा लेखराज भट्ट, राम बहादुर थापा (बादल) लगायतका प्रचण्डका बिश्वास पात्र ओलीका सहयोगी देखिए । हाकाहाकी सार्वजनिक रुपमै प्रचण्डको आलोचना र बिरोधमा देखिए ।

हाल आएर प्रचण्डले धेरै तिरवाट धोका र हण्डर खाएपछी महराको महत्व र सहयोग बुझेका छन् । महरा र प्रचण्डको निकटता पुरानै अबस्थामा फर्किएसँगै पार्टीको पुरानै जिम्मेवारीमा फर्किन महराले अध्यक्षद्वय ओली र प्रचण्डसँग दुवैसँग सन्तुलित व्यवहार गरिरहेका छन् । प्रधानमन्त्री ओलीले वैशाख ८ गते दलविभाजन सम्बन्धी अध्यादेश ल्याएपछि चर्किएको विवादमा उनले ओलीलाई सहयोग पुग्नेगरी विज्ञप्ति निकालेका थिए । वैशाख १७ गते उनले विज्ञप्तिमार्फत एकता र सहकार्य कायम राख्न अपिल गरेका थिए ।

प्रचण्डका विश्वासपात्र भएकै कारण माओवादी मुलधारको राजनीतिक आएपश्चात उनी सधै लाभको पदमा रहदैआएका थीए तर, बलात्कार प्रयासको आरोप लागेपछि प्रचण्डले आफ्नो रक्षा गर्न नसकेको भन्दै महरा असन्तुष्ट थिए । – सुसन भट्टराई

  • प्रकाशित मिति : असोज १६, २०७७, शुक्रवार १०:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८