• चैत १०, २०८१, आइतवार Sunday, 23 March, 2025

अब मुख्य सचिवमा वैरागी, अमेरिका र बेलायतको राजदूतमा खतिवडा र रेग्मी

  • खवरदाता

अब मुख्य सचिवमा वैरागी, अमेरिका र बेलायतको राजदूतमा खतिवडा र रेग्मी

आश्विन–१५,२०७७

चितवन । सरकारले मुख्य सचिवमा शंकरदार वैरागीलाई नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिष्दको बैठकले बैरागीलाई मुख्य सचिव बनाउने निर्णय गरेको हो । बहालवाला मुख्य सचिव लोक दर्शन रेग्मीलाई भने बेलायतको लागि राजदूत बनाउन सिफारिस गर्ने निर्णय समेत मन्त्रिपरिष्द बैठकले गरेको छ ।

त्यस्तै ओलिका निकट मानिएका पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस गर्ने निर्णय सरकारले गरेको छ ।

प्रधानन्त्री केपी शर्मा ओलीको योजना मुताबिक रेग्मीले कार्याकाल सकिनुभन्दा दुई हप्ता अघिनै राजीनामा दिएर वैरागीलाइ बाटो खोलिदिएका हुन् । रेग्मीको तीन वर्षे कार्यकाल आउँदो कात्तिक ३ गते सकिदै थियो ।

  • प्रकाशित मिति : असोज १५, २०७७, बिहीवार ०७:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८