• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

दुई वर्षिय बालक सहित चितवनमा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि

  • संबाददाता

दुई वर्षिय बालक सहित चितवनमा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि

आश्विन–१४ , २०७७

भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा ६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बुधबार गरिएको परिक्षणमा चितवनका ५२ सहित ६१ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
प्रयोगशालाका अनुसार भरतपुरका २० महिला र २३ पुरुष गरि ४३ जना, रत्ननगरका २ महिला र ३ पुरुष गरि ५ जना, राप्ती र माडिका १र१ पुरुष ,खैरहनिका २ पुरुष गरि ५२ जना रहेका छन। त्यस्तै अन्य संक्रमित हुनेहरुमा लमजुङका १, तनहुका २ नवलपुरका १ महिला १ पुरुष ,बाराका १ महिला ,मकवानपुरका १ महिला र कैलालीका १ महिला र १ पुरुष समेत गरि ६१ जना संक्रमित भएका हुन ।
संक्रमितहरु २ देखि ६७ बर्ष सम्मका रहेको अस्पतालले जनाएको छ ।

सिएमसी स्वाव संकलन केन्द्रबाट लिएका ३६९ नमुनाको परिक्षण गर्दा ३०८ नमुनाको नतिजा नेगेटिभ आएको थियो भने ६१ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

आजै भरतपुर अस्पताल कोभिड(१९ प्रयोगशालामा चितवनका २२ सहित २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

  • प्रकाशित मिति : असोज १४, २०७७, बुधवार १६:२२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८