• माघ ८, २०८१, मंगलवार Tuesday, 21 January, 2025

बिना जानकारी लाइन काटेको भन्दै सडक अबरुद्ध

  • संबाददाता

बिना जानकारी लाइन काटेको भन्दै सडक अबरुद्ध

आस्विन १४,२०७७

चितवन । बिना जानकारी बारम्बार लाइन जान थालेको बिरोधमा हेटौंडा १९ बस्तीपुरका स्थानीय जनताले पुर्बपश्चिम् राजमार्ग अबरुद्ध गरेका छन ।

स्वोतस्फुर्त रुपमा जनता सडकमा निस्किएर आन्दोलन गरेका हुन । उनिहरुले लाइन काट्न पाइदैन ,कुलमान देशलाई चाहिन्छ जस्ता नारा लगाएका थिए।

राजमार्गको दुबै तिर सवारी साधनको लामो लाइन लागेको छ। लाईन गएको बिरोध र कुलमानको पक्षमा बिरोध गरेको थाह पाएपछी यात्रुहरुले पनि साथ दिइरहेको एक यात्रु बिबेक बिक्रम शाहले जानकारी दिएका छन।

प्रहरी प्रशासनले बाटो खुलाउने तयारी गरे पनि लाईन नकाट्ने प्रतिबद्धता नआए सम्म कुनै हालतमा पनि पछी नहट्ने स्थानीयले जनाएका छन । यो समाचार तयार गर्दा अहिले (बुधबार ) साझ ९ सम्म आन्दोलन जारी रहेको छ।

  • प्रकाशित मिति : असोज १४, २०७७, बुधवार १५:२२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८