आश्विन–११, २०७७
चितवन । पीसीआर परीक्षण गराउँदै आएका सबै प्रयोगशालालाई रिपोर्ट आफैले दिन सरकारले निर्देशन गरेको छ । पिसिआर रिपोर्ट पोजिटिभ वा नेगेटिभ जे आए पनि आफैं दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रयोगशालालाई निर्देशन दिएको हो ।
यसअघि पोजिटिभ रिपोर्ट आएमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई जानकारी गराईन्थ्यो । महाशाखाले स्थानीय तहमार्फत् संक्रमित व्यक्तिलाई सम्पर्क गरेपछि मात्र रिपोर्ट थाहा हुथ्यो भने नेगेटिभ रिपोर्ट ल्याबले आफैं जानकारी गराउँदै आएको थियो ।
देशभर संक्रमित बढ्दै गएको र संक्रमितले रिपोर्ट थाहा पाएपछि होम आइसोलेशनमा आफै बस्नु पर्ने भएकोले सहज तुल्याउन ल्याबलाई नै सम्बन्धित व्यक्तिलाई रिपोर्टबारे जानकारी गराउन भनिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले जानकारी दिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८